स्मार्टडोकोले पायाे ई–कमर्स् एप्को मान्यता

काठमाडौँ–नेपाली ई–कमर्स् कम्पनी स्मार्टडोकोले भर्खरै आईएमएस ग्रुपको लगानीपछि ४.५ अंक सहित नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स् एप्को रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ।

स्मार्टडोको एक अनलाइन सपिङ्ग गन्तव्य हो जसमा विभिन्न थरीको सामानहरु ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ।

स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो। स्मार्टडोकोसँग अहिले १० हजारभन्दा बढि सामानहरू छ र यसले हरेक दिन आकर्षक बिक्री सोचेभन्दा राम्रो कारोबार गर्ने कम्पनीले जनाएको छ।

ग्राहकहरुले रिंगरोड भित्र निः शुल्क डेलिभरी, हरेक खरिदमा रिवार्ड पोइन्ट, भारी छुट र छुट कुपनहरू, सजिलै रिटर्न गर्न सकिनेछ र भुक्तानी विकल्प (नगद /कार्ड/ सेलपे/ ई–सेवा /मास्टरकार्ड) लगायतका थप सुविधा पाउने कम्पनीले जानकारी दिएको छ।

सि.ई.ओ., आई.एम.एस. ग्रुपका अध्यक्ष तथा सि.ई.आ दिकेश मलहोत्राले उत्कृष्ट सामान, मूल्य तथा कारोबार एवं उत्साहजनक अभियान मार्फत हामी ग्राहकहरुको सन्तुष्टि प्रदान गर्न र अपेक्षा बढाउन हाम्रा प्रयासहरु केन्द्रित गर्ने र आफ्ना ग्राहकहरुलाई नेपालमा सबभन्दा बढी सुविधाजनक अनलाइन शपिंगको अनुभव दिन प्रयास गर्ने बताए।

उनले भने, ‘छोटो समयको दौरानमा स्मार्ट डोकोलाई नेपालमा सबैभन्दा उच्च मूल्याङ्कन गरिएको ई–कमर्शका रुपमा स्थापित गर्न निरन्तर माया र साथ प्रदान गरेकोमा ग्राहकहरु तथा शुभ चिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ।’

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्