सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुनको मूल्य तोलाको ८८ हजार सात सय थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार सात सय रुपैयाँले घटेर ८६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार दुई सय ५० रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्