चलचित्र ‘गोर्खा वारियर–२’को घोषणा

काठमाडौँ– नेपाली चलचित्र ‘गोर्खा वारियर–२’को औपचारिक घोषणा गरिएको छ। चलचित्र निर्माण पक्षले मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको घोषणा गरेको हो।

मिलन चाम्सको निर्माण तथा निर्देशन रहने चलचित्र लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यारनरमा बन्नेछ। चलचित्रको सहनिर्माता सुरेश राई र पूर्ण लिम्बु छन्।

चलचित्रमा अभिनेता रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रेअर राई, सारा राई, कविता आले, भुवन सिंह राई र विरुप घलेको अभिनय रहने छ।

चलचित्रको कथा निर्देशक चाम्स आफैले लेखेका हुन्।

चलचित्रको छायांकन सुदीप बराल, सम्पादन अर्जुन जिसी, द्वन्द्व निर्देशन हिमाल केसीले गर्नेछन्।

चलचित्रको छायांकन नेपालको सोलुखुम्बुमा गरिनेछ। यस्तै मलेसिया र बेलायतमा पनि सिनेमाको छायांकन हुनेछ।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्