आईपीएलमा क्रिकेट बिर्सिइएको टिप्पणी गर्दै डेल स्टेनले भने-बरु पीएसएल नै राम्रो

दक्षिण अफ्रिकाका तेज बलर डेल स्टेनले इन्डियन प्रिमियर लिग-आईपीएलमा भन्दा  पाकिस्तान सुपर लिग-पीएसएल क्रिकेट खेल्दा आफुले बढी सम्मानित महसुस गरेको बताएका छन्।

हाल पीएसएल खेलिरहेका स्टेनले आईपीएलमा पैसा हावी भएको भन्दै क्रिकेट बिर्सिइएको टिप्पणी गरेका छन्। स्टेनले यो वर्ष आईपीएल खेल्दै छैनन्।

‘अन्य प्रतियोगिताहरु एउटा खेलाडीका रुपमा बढी सम्मानित हुने पाएपछि मैले आईपीएल नखेल्ने निर्णय गरेको हुँ’, स्टेनले पाकिस्तानी सन्चार माध्यमसँग भनेका छन्।

उनले  अगाडि थपे,’ म यहाँ आएको केहि दिन मात्र भयो । मेरो कोठामा आउने मानिसहरु मैले कहाँ कहाँ खेले र त्यहाँ कस्तो भएको थियो भनेर सोध्छन्। आईपीएलमा यस्तो कुरा हुन छाडेको छ। बरु त्यहाँ कति पैसा लिएर तिमी आईपीएल खेल्न आयौ जस्ता प्रश्नहरु गरिन्छ।’

स्टेनले आईपीएलमा हालसम्म ९७ विकेट लिएका छन्, ६.९१ को बलिङ इकोनोमीसहित। आईपीएलमा कम्तिमा ५० ओभर बलिङ गरेका बलरमध्ये उनी सबैभन्दा किफायती बलिङ इकोनोमीमा बलिङ गर्ने फास्ट बलर हुन्।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्