अब विराटनगर महानगरको कारोबार अनलाइनबाट गर्न सकिने

मोरङ-विराटनगर महानगरपालिकाले सेवाग्राहीको सहजताका लागि आर्थिक कारोबार अनलाइनमार्फत गर्न सकिने जनाएको छ।

मंगलबार महानगरपालिकामा आयोजित एक कार्यक्रममा मेयर भीम पराजुलीले महानगरसंग जोडिएका कार्यहरुको आर्थिक कारोबार ईसेवा मार्फत गर्न सकिने गर्न सकिने बताए।

मेयर पराजुलीले समाज दैनिक रुपमा प्रविधिमैत्री बनिरहँदा महानगरपालिकाले सेवाग्राहीलाई घरमै बसेर रकम भुक्तानीको सहजता प्रदान गरेको बताए। सांग्रिला इन्फरमेटिक्स प्रालिको प्राविधीक सहयोगसंगै महानगरपालिकाको रकम ईसेवा तथा खल्तीबाट गर्न सकिने उनले जानकारी दिए।

महानगरलाई प्राविधिक सहयोग गरेको इन्फरमेटिक्स प्रालि काठमाडौँका सहयोगी अफिसर दिवश लामिछानेले कार्यक्रमबाट सेवाग्राहीहरुले सहज रुपमा सेवा लिनसक्ने बताए। जसका लागि ईसेवा वा खल्तीको मोबाईल एप्स प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्