बैतडीमा तीन महिने छोराको कुटेर हत्या, बुबा प्रहरी नियन्त्रणमा

धनगढी– बैतडीमा बुवाको कुटाइबाट तीन महिने छोराको मृत्यु भएको छ।

मृत्यु हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–७ खनाडीका तीन महिनाका लक्ष्मण चन्द रहेका छन्। ४४ बर्षे बुवा राजबहादुर चन्दले तीन महिने छोराको टाउकोमा हानेर हत्या गरेको प्रहरीको भनाइ छ।

छोराको हत्या गरेको आरोपमा राजबहादुरलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको छ।

सुतिरहेका छोराको टाउकोमा हानेर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

बच्चाको विभत्स रुपमा हत्या गरिएको उनले बताए। हत्याको कारण भने खुल्न सकेको छैन।

हत्या गर्ने ब्यक्ति मानसिक सन्तुलन बिग्रिएको व्यक्ति रहेको स्थानीयले बताएका छन्।

राजबहादुरले मंगलबार नै आफ्ना ७० वर्षीय बुवा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कुटपिट गरेका छन्। राजबहादुरको कुटाईबाट उनका बुवाको टाउकोमा चोट रहेको र उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्