भन्सार छली गर्ने दुईजना पक्राउ

सांकेतिक तस्बिर।

काठमाडौँ-प्रहरीले भन्सार छली ल्याएको झण्डै रु. तीन लाख मूल्य बराबरको कपडासहित मंगलबार दुईजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित सुरक्षा चौकीमा सवारी साधान जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा छुन्ता गुरुङ र गोपी लामा रहेका छन्।

सुनौलीबाट काठमाडौँ आउँदै गरेको बा ५ ख १२३५ नम्बरको बस जाँच गर्ने क्रममा रु दुई लाख ७० हजार मूल्य बराबरको १३५ थान कपडा फेला पारी बरामद गरिएको र सोधखोज गर्दा उक्त कपडा उनीहरूले ल्याएको खुल्न आएको छ। सोही गाडीमा सवार रहेका बेला दुवै पक्राउ परेका हुन्।

दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागि मंगलबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्