उल्लेखनीय मौसमी प्रणाली छैन, देशभरको मौसम सामान्यतया सफा

काठमाडौँ – देशभरको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका छन्।
हाल देशभर मौसम सामान्यतया सफा छ ।
दिउँसो पहाडी भू–भागमा स्थानीय वायुको प्रभावले आंशिक बदली भइ र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
यस्तै राति पनि पहाडी भू–भागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।