काठमाडौँ – पेट्रोलियम पदार्थमा लगातार भइरहेको मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

संयुक्त विद्यार्थी संगठनको आह्वानमा बुधबार नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

निगमले केही दिन पहिले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको थियो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ।