दाहाल-नेपाल समूहको बैठकका केही तस्बिरहरु

तस्बिरहरुः रविन आचार्य/देश सञ्चार।

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सकिएको छ।

पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ।

दाहाल–नेपाल समूहले सुवास नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, निरु पाल, सूर्य थापा, प्रभू साह र कर्ण थापालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको छ।

पार्टीको अनुशासन उल्लंघन गरेकोले उनीहरुलाई पार्टीबाट निलम्बन गरिएको दाहाल–नेपाल समूहको भनाइ छ।

यसअघि आजै बसेको उक्त समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो।

फाल्गुन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्