१ लाख ७६ हजार रकमसहित तीन जुवाडे पक्राउ, १७ जना फरार

पर्सा-प्रहरीले पर्साबाट तीनजना जुवाडेलाई १ लाख ७६ हजार रकमसहित पक्राउ गरेको छ।

प्रहरीले पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपुर टोलको बाँसघारीबाट जुवाडेहरुलाई नगद सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जुवा खेलिरहेका बहुदरमाई नगरपालिका ९ का ४० बर्षका गुरदेली साह,बाराको कलैया उपमहानगरपालिका २३ का ५१ बर्षका जँग बहदुर साह र कलैया १४ का ४० बर्षका राजेश मेहता रहेका छन्।

जुवा खृलिरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले तीनैजनालाई १ लाख ७६ हजार ४ सय १५ नगद, एक बुक ताससहित नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

प्रहरीले जुवा खेल्ने स्थानलाई घेरा हालेपनि जुवा खेलाउने रबिन्द्र महतो काईरीसहित १७ जना जुवाडे भने फरार भएको खनालले बताए।

पक्राउ परेका ब्यक्तिहरुलाई सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता विरुद्धको कसुर ( जुवा) मुदामा कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

फाल्गुन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्