दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु

सुडान-दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ।
मंलबार सुडानको जोङगलाई राज्यमा सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटना हुँदा चालकदलका सदस्य सहित दशजनाको मृत्यु भएको हो।
उक्त राज्यका गर्भनर डेनाई जक चागोरले वक्तव्य जारी गर्दै उक्त खबरले आफू दु:खी भएको बताएका छन्।