झापाको कनकाईमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

झापा– झापाको कनकाई नगरपालिका ४ कोटिहोमस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी कार चालक धरान १६ बस्ने २८ वर्षीय दिपक क्षेत्री र कारमा सवार सोलुखुम्बु पासाङ गाउँपालिका १ बस्ने ३० वर्षीय दिलिप रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

गम्भीर घाइते भएका दुवै जनाको बि एण्ड सी हस्पिटलमा उपचारको क्रममा ज्यान गएको हो। दुर्घटनामा परेर ४ जना घाइते भएका छन्।

दिउँसो ३ः३० बजे कोटोहोम नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख १६८४ नं. को ग्यास बोकेको ट्रकले ओभरटेक गर्ने क्रममा विपरित दिशातर्फ जाँदै गरेको प्र. १–०१–००१ च. ०१६७ न.को कार र प्र. १–०१–०१३ प. १७८३ न. को मोटरसाइकललाई ठक्कर दिएको थियो।

कारमा सवार ३० वर्षीया अन्जु मगर (मगरकी श्रीमती), ३० वर्षिय सुरेश मगर, मोटरसाइकल चालक झापा शिवसताक्षी २ बस्ने ३९ वर्षीय ज्ञानबहादुर कसाई र पछाडि सवार उनकी श्रीमती ३० वर्षिया सोनम श्रेष्ठ घाइते भएका हुन्।

उनीहरुको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक चालक फरार रहेको, ट्रक, कार र मोटरसाइकल इप्रका सुरुङ्गाको नियण्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फाल्गुन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्