चीन र दक्षिण अफ्रिकामा कोभिड–१९ विरुद्धको नक्कली खोप, गिरोहका दर्जनौँ पक्राउ

चीन र दक्षिण अफ्रिकामा सक्रिया कोरोना भाइरसविरुद्धको नक्कली खोप गिरोहलाई पर्दाफास गरि केहीलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

चीन र दक्षिण अफ्रिकाका प्रहरीले कोरोना भाइरसविरुद्धका हजारौँ डोज नक्कली खोप नियन्त्रणका लिनुका सार्थी सो गिरोहका दर्जनौँ व्यक्तिलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले चीनमा नम्कली खोप बनाउने खोपमा छापा मारेर गिरोका ८० जनालाई पक्राउ गरेको छ । त्यहाँबाट प्रहरीले कम्तीमा तीन हजार डोज नक्कली खोप बरामद गरेको छ ।

यस्तै दक्षिण अफ्रिकाको गाउतेङमा रहेको गोदामबाट प्रहरीले तीन चिनियाँ तथा एक जिम्बाबेका नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले नक्कली खोपका २४ सय डोज बरामद गरेको छ ।

नक्कली खोप गिरोहका सदस्यलाई कहिले पक्राउ गरिएको भन्ने यकिन भएको छैन।

बुधबार इन्टरपोलले वक्तव्य जारी गरेर नक्कली खोपका अरु गिरोह पनि रहेको सूचना पाएको बताएको छ।

फाल्गुन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्