कांग्रेस पदाधिकारी बैठक आज बस्दै, भावी रणनीतिबारे छलफल हुने

फाइल तस्बिर

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्दैछ। सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिवेश र पार्टीको भावी रणनीतिबारे छलफल गर्न पदाधिकारीको बैठक बोलाएका हुन् ।

बैठक दिउँसो ३ बजे सभापति देउवाको निवास बुढानिलकण्ठमा बस्ने कांग्रेसले जनाएको छ । कांग्रेसको ससंदीय दलको बैठक शुक्रबार बस्ने छ । त्यस अघि पदाधिकारी बैठक बस्न लागेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा बैठक फागुन २३ का लागि आह्वान गरेपछि रणनीति तय गर्न पदाधिकारी तथा संसदीय दलको बैठक कांग्रेसले बोलाएको हो ।

संसद पुनर्स्थापना भएसँगै सत्ता समिकरणका लागि राजनीतिक प्रयासहरु भइरहेका बेला कांग्रेसमा भावी रणनीतिलाई लिएर विवाद छ ।

सभापति देउवाले आफ्नो काँधमा जिम्मेवारी आए प्रधानमन्त्री बन्न नहिचकिचाउने बताएका छन् । तर नेता रामचन्द्र पौडेल पक्षले अहिले कांग्रेस सरकारमा जान नहुने बताउँदै आएका छन् ।

फाल्गुन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्