कुमारी जब प्रालि र केसिएमआइटी बीच रोजगारीका लागि सम्झौता

काठमाडौँ-कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसिएमआइटी’बीच सम्झौता भएको छ।

विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौता भएको हो।

उक्त सम्झौता पत्रमा कुमारी जब प्रा.लीका प्रवन्ध निर्दैशक सन्देश भण्डारी र केसिएमआइटी कलेजका प्रिनसिपल ललिता चन्दले हस्ताक्षर गरेका हुन्।

जब प्रा.लीका प्रवन्ध निर्दैशक सन्देश भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए।

यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसिएमआइटी कलेजका प्रिनसिपल ललिता चन्दले बताइन् ।

फाल्गुन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्