विप्लव समूहका नेता बास्तोला रिहा

काठमाडौँ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले रिहा गरेको छ।

शुक्रबार बिहान बास्तोलालाई काभ्रे प्रहरीले हिरासतमुक्त गरेको हो।

बास्तोला नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवम् विदेश विभाग प्रमुख हुन्।

सरकार र विप्लव समूहबीच बिहीबार मात्रै पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने सहमति भएको थियो।

गृहमन्त्रालयले बिहीबार साँझ नै शुक्रबारसम्म सबै नेता कार्यकर्ताहरुलाई रिहा गर्न देशभर सर्कुलर जारी गरेको थियो।

सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा भइसकेको छ।

फाल्गुन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्