काठमाडौँ भित्रिए विप्लव, प्रधानमन्त्रीसँगै बसेर सम्बोधन गर्दै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ आइपुगेका छन्। उनी शुक्रबार बिहान नवलपरासीमा सार्वजनिक भएका थिए। त्यहाँबाट प्रहरी स्कर्टिङमा उनी काठमाडौँ आइपुगेका हुन्।

राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना हुने समारोहमा विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्।

सरकार र विप्लव समूहबीच बिहीबार मात्रै तीन बुँदे सहमति भएको थियो।

*सच्याइएको

फाल्गुन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्