सुनको मूल्य आज पनि तोलामा ९ सयले घट्यो

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य ओरोलो लाग्ने क्रम जारी छ।

शुक्रबार पनि सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ।

हिजो पनि सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको थियो।

आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदी तोलामा ३५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

फाल्गुन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्