आफूसँग बहुमतभन्दा बढी ११७ सांसद रहेको दाहाल-नेपाल पक्षको दाबी

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहको शुक्रबार भएको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेतामा चयन गरेको छ। संसदीय दलको शुक्रबारको बैठकमा १ सय ११ जना सहभागी भएको र अन्य ६ जना सांसद काठमाडौँबाहिर रहेकाले सहभागी हुन नपाएको दाबी सांसद कृष्णभक्त पोखरेलले गरेका छन्।

यसअघि गत पुस ७ गते  पनि दाहाल-नेपाल समूहको बैठकले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरे पनि उक्त समयलाई सर्वोच्च अदालतलाई शून्य समय मानेकाले फेरि चयन गरिएको हो।

सांसद पोखरेलले योगेश भट्टराई, कृष्णबहादुर महरा, मेटमणि चौधरी, गोपाल बम, सरलाकुमारी यादव, विना पोखरेल, चक्रपाणि खनालले शुक्रबारको बैठकमा सहभागिता जनाउन नसकेको बताए।

 

फाल्गुन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्