दाहाल-नेपाल समूहले निर्वाचन आयोगसँग गर्‍यो ताकेता

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले नेकपाको आधिकारिकताका लागि निर्वाचन आयोगसँग ताकेता गरेको छ।

शुक्रबार नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले अब सर्वोच्च अदालतको फैसलालाई आधार मान्दै निर्वाचन आयोगमा फेरि ताकेता गरेकाे हाे।

नेता राजेन्द्र पाण्डले भने, ‘निर्वाचन आयोगले हामीलाई सर्वोच्चको फैसला मान्‍ने र प्रक्रिया सुरु गर्ने आश्‍वासन प्रमुख निर्वाचन आयुक्तले दिनु भएको छ।’

यसका साथै उनले नेकपाको ४४१ जनामध्‍ये २७५ जना सदस्यहरु दाहाल-नेपालतिर भएको भन्‍दै यसैलाई बहुमतको आधार मान्दै निर्वाचन आयोगसँग चाँडो न्‍याय दिन माग गरे। उनले भने, ‘ अब हामी सबै प्रक्रिया पुर्‍याएर निर्वाचन आयोगसँग न्‍याय माग्नेछौँ। किनकी माघ ११ गतेको निर्णय पाएर १२ गतेदेखि प्रक्रियामा लागेको र २० गते त्यो सबै पूरा भएकाले ढिलो न्‍याय दिनु पनि अन्‍याय हो भन्‍दै ताकेता गर्छौ। ‘

 

फाल्गुन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्