फागुन २२ गते आठौँ सेट साइकल र्‍याली क्यान्सर विरुद्धको यात्रा हुँदै

काठमाडौँ-सेट काउन्सिल, सेन्ट जेभियर्स कलेज, माइतिघरको आयोजनामा मार्च ६ तारिख (फागुन २२) गते सेन्ट जेभियर्स माइतीघरको सेट (सामाजिक सेवा, वातावरण र प्रविधि) काउन्सिलले “आठौँ सेट साइकल र्‍याली क्यान्सर विरुद्धको यात्रा”आयोजना गर्दैछ।

विगत लामो समयदेखि वार्षिक रुपमा हुने यो कार्यक्रमको मुख्य उद्देश्य स्तन र ग्रीवा क्यान्सरबारे जनचेतना फैलाउने र क्यान्सर रोगीको सक्दो मद्दत गर्नु हो।

विद्यार्थीद्वारा आयोजित यस कार्यक्रमबाट हुने आर्थिक लाभ रिचा बझिमाया फाउन्डेसन (सामाजिक संस्था )को माध्यमबाट स्तन र ग्रिवाक्यान्सरसँग लडिरहेका मानिसको उपचार खर्चमा प्रयोग गरिन्छ।

हरेक वर्ष र्‍यालीमा विद्यालय तहका विद्यार्थीदेखि समाज सेवी, राष्ट्र निर्माणमा लागेका व्यक्तिहरु, व्यापारी, शिक्षक, कलाकार र समाजका विविध क्षेत्रमा लागेका मानिसहरुको सहभागिता हुने गर्दछ।

कार्यक्रममा जलपान,प्रमाणपत्र, टिसर्ट, साइकल हायरिङ् व्यवस्थालगायत कोभिड सतर्कता र नियमको पूर्णरुपमा पालना गरिनेछ।

फाल्गुन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्