टुँडिखेलमा सेनाले स्थापना गर्‍यो शिवको ‘प्रतिमा’

काठमाडौँ-महाशिवरात्री पर्व मनाउन तथा पुजा गर्नको लागि नेपाली सेनाले टुँडिखेलमा अस्थायी रुपमा काठबाट बनाइएको शिवको ‘प्रतिमा’ स्थापना गरेको छ।

टुँडिलेको दक्षिणी साइडमा भूकम्पबाट क्षति भएकाहरुको संरचनाहरुको जम्मा गरिएको माटोको थुप्रोमा सेनाले काठबाट निर्मित शिवको प्रतिमा स्थापना गरेको हो।

नेपाली सेनाले प्रत्‍येक वर्ष महाशिवरात्रीकै दिन आफ्नो स्थापना दिवस पनि मनाउँदै छ।

नेपाली सेनाले शिवको प्रतिक मानिने त्रिशुल र डमरुलाई आफ्नो झन्डा र लगाउने ‘यूनिफर्म’मा प्रयोग गर्ने गरेको छ भने गोरखनाथ र गोरखकालीकै नामको ‘निशान’लाई सेनाले शक्तिपीठ मान्ने गरेको छ जसलाई अगाडि लगाएर सेनाले हिँड्ने चलन छ।

देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु:

 

 

फाल्गुन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्