प्रदेश-२ का राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार !

जनकपुरधाम-प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवमाथि कुर्सी प्रहार गरिेएको छ।

जनकपुरधाममा शुक्रवार आयोजित जिल्ला सहकारी संघ धनुषाको साधारण सभामा प्रमुख अतिथिको रुपमा मनतव्य दिइरहेको क्रममा सहकारीका असन्तुष्ट पक्षले कार्यक्रमको विरोध गर्दै राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार गरेका छन्।

घरभाडा, अनुदान वापत आएको रकम, जगेडामा रहेको रकम र जग्गा विक्रीबाट आएको लगायतका रकमको हरहिसाब र चल अचल सम्पति सार्वजनिक गर्न मांग गर्दै रामबाबु यादवको समूहले कुर्सी प्रहार गरेका हुन्।

असन्तुष्ट पक्षका सहकारी सदस्य संजय साहले वर्षौदेखि गरिदै आएको करोडौ रुपैया हिनामिना लुकाउन गोप्य रुपमा अर्का समूहले मन्त्रालयलाई प्रभावमा पारी अवैधानिक तरिकाले साधारण सभा गर्न लागेकोमा आफुहरुले विरोध गरेको र सोही क्रममा कुर्सी फेकाफेक हुँदा राज्यमन्त्रीमाथि प्रहार भएको बताए।

उनले संघको विवाद बारे राज्यमन्त्रीलाई थाहा भएपनि उनी यसमा आएको बताए । हरहिसाब सार्वजनिक भए मात्र साधारण सभा हुने राज्यमन्त्रीले प्रतिबद्धता जनाएका थिए।
तर बिहान आफुहरुलाई झुक्याएर गोप्य रुपमा कार्यक्रम गर्न लाग्दा थाहा पाएपछि रोक्न खोज्दा नमानेपछि कुर्सी फ्याकेर विरोध जनाउंदै कार्यक्रम भांडेको बताए ।

घटना पश्चात राज्यमन्त्री यादवलाई कडा सुरक्षाका बीच कार्यक्रमबाट बाहिर निकालिएको थियो। घटना सम्बन्धमा राज्यमन्त्री यादवसँग बुझन खोज्दा उनी सम्पर्कमा आएनन् । पटक पटक फोन गर्दा पनि उहाँले रिसिभ गरेनन्।

सहकारी संघमा गत २४ वर्षदेखि एउटै व्यक्ति हरिन्द्र हरियौत अध्यक्ष रहेको र त्यसले हरहिसाब हालसम्म नगरेको कारण संघमा विवाद छ । वर्षौ वर्षसम्म एउटै व्यक्ति अध्यक्ष हुन पाउंदैन भनी गतवर्ष फागुन २३ गते सर्वसम्मतले रामबाबु यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो।

संघमा १ लाख ३२ हजार प्रति महिना घरभाडा आइरहेको र राष्ट्रिय सहकारी बोर्डबाट अनुदान वापतको प्रति वर्ष आउने २० लाख रुपैया सहित २४ वर्षसम्मको करोडौ रुपैयाको हरहिसाब मांग्दा सार्वजनिक नगरेको असंतुष्ट पक्षको आरोप छ ।

फाल्गुन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्