अल्लो प्रशोधनमा महिलालाई रोजगारी

सिमकोट– वन जंङ्गलमा खेर गएको अल्लोको प्रशोधन हुन थालेपछि स्थानीय महिलाहरुले रोजगारी पाएका छन्। गाउँमा अल्लो प्रशोधन मेशिन स्थापना भएपछि महिलाले रोजगारी पाएका हुन्।

हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर ४ को लौठी गाउँकी मौरी जैसीले वनबाट अल्लो संकलन गर्ने र त्यसको धागो तयार गर्ने काम गर्न पाउँदा महिलाहरुले रोजगारी पाएको सुनाइन्। उनले यस वर्ष ७४ दिन उक्त कार्यमा रोजगारी पाइन्।

मण्डाल्नी अल्लो प्रशोधन उद्योगका संञ्चालन सुझाव ढकालका अनुसार उद्योगमा सात जना महिला कामदार नियमित पारिश्रिमक पाउने गरी रोजगारीमा रहेका छन्।

वनबाट अल्लो संकलन गर्ने, त्यसलाई कच्चा पदार्थ तयार गर्ने र धागो बनाउन ७७ जना महिलाले काम गर्ने गरेका छन्। यसमा महिला मात्र रोजगारीमा रहेको उनले बताए।

उद्योगले हालसम्म ३६ क्वीन्टल धागो उत्पादन गरेर एक हजार ५३ मिटर कपडा तयार पारेर काठमाडौँ पठाएर बिक्री गरेको छ। केही मात्रामा भने हुम्लामा पनि तयार भएका सामाग्रीहरुले बिक्री हुने गरेका छन्।

फाल्गुन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्