किसान आन्दोलनको १०० दिनः ‘अन्तिम सास रहुन्जेल संघर्ष जारी रहन्छ’

भारत सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरुले आन्दोलन थालेको १०० दिन पूरा भएको छ।

आन्दोलनको १०० दिन पुगेको अवसरमा किसानहरुले शनिबार केएमपी एक्सप्रेस वे (कुन्डली–मानेसर–पलवल एक्सप्रेस वे) पाँच घण्टा बन्द गराएका छन्।

शनिबार बिहान ११ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म उनीहरुले सडक अवरुद्ध पारेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यसैबीच किसान नेता तथा भारतीय किसान युनियनका राष्ट्रिय प्रवक्ता राकेश टिकैतले किसानहरुप्रति आभार व्यक्त गर्दै कृषि कानुनविरुद्ध अन्तिम सास बाँकी रहुन्जेल संघर्ष जारी रहने बताएका छन्।

भारतको केन्द्र सरकारले ल्याएको तीनवटा नयाँ कृषि कानुनको विरोधमा किसानहरु गत वर्ष नोभेम्बर २६ देखि राजधानी दिल्लीका सीमामा उपस्थित भएर निरन्तर प्रदर्शन गर्दै आएका छन्। कृषि कानुन फिर्ता हुनुपर्ने उनीहरुको माग छ।

फाल्गुन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्