अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत

बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन्।

पिश्चिम बं‍गालका उनले आइतबार प्रदेशका बीजेपी अध्‍यक्ष दिलीप घोषको उपस्थितिमा पार्टीको सदस्यता लिएका थिए।

कोलकत्ताको जुन ‘ब्रिगेड परेड ग्राउण्ड’मा आइतबार मोदीको सभा हुने मञ्‍चबाटै मिथुनले पार्टीको सदस्यता लिएको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

भाजपामा प्रवेशपछि उनले भने, ‘ म मान्छु की जो मानिस बंगालमा बस्छन्, ऊ बंगाली हो र जसले बंगालीलाई बाहिर निकाल्न भन्छ र हक अधिकार खोस्न खोज्छ। म त्‍यसविरुद्ध उत्रिनेछु। म भन्न चाहन्छु की तपाईहरु ठूलो दाजुमाथि भरोसा राख्‍नुस्।’

यस्तै  मिथुन चक्रवर्तीलाई प्रधानमन्त्री  नरेन्द्र मोदीले सोसभामा स्वागत गरेका छन्।

उनले भारतीय जनता पार्टीले भने यसलाई ‘ऐतिहासिक क्षण’ भएको बताएका छन्।

यस्तै मञ्‍चमा भाजपाका महासचिव कैलाश विजयवर्गीयले भागवा पटका पहिर्‍याएर पार्टीमा उनको स्वागत गरेका थिए।

७० वर्षीय मिथुन चक्रवर्ती तृणमूल कांग्रेसबाट राजीनामा दिनुभन्दा पहिला दुई वर्षका लागि पार्टीको तर्फबाट राज्‍यसभामा सांसद थिए।

यस्तै पश्‍चिम बंगला विधानसभा चुनावभन्दा पहिले कैयौ टीएमसी नेताहरुले पार्टी छाडेर बीजेपीमा प्रवेश गरिसकेका छन्।

फाल्गुन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्