ओली पक्षीय संसदीय दलको बैठक साँझ ६ बजे बस्‍दै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय संसदीय दलको बैठक दुई घण्टा ढिलो गरी आइतबार साँझ ६ बजे बस्‍ने भएको छ ।

ओली पक्षले दिउँसो चार बजेका लागि बैठकको समय निर्धारण गरेकोमा संसद बैठक संसद बैठक सुरु हुन विलम्ब भएपछि साँझ ६ बजे बस्ने भएको हो।

ओली पक्षका नेता एवं राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाला भट्टराईले देश सञ्‍चारलाई जानकारी दिए। ओली पक्षको शुक्रबार संसदीय दलको बैठक बसेको थियो। उक्त बैठकले आजको लागि बैठक तय गरेको थियो।

फाल्गुन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्