महिलाको सीपलाई रोजगारीमा परिणत गर्न निभियाको फुडमाण्डु र दराजसँग सहकार्य

काठमाडौँ- नेपालमा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा निभियाले फुडमाण्डु र दराजसँग सहकार्य गरेको छ।

उक्त सहकार्यले नेपालमा आफ्नै स्वामित्वको रेष्टुराँ व्‍यवसाय चलाउँदै आएका महिला उद्यमीहरुले पाएको सफलतालाई साथ दिने, पहिचान दिलाउने लक्ष्यलाई भेटाउन मद्दत पुग्‍ने बताइएको छ।

यसका साथै उक्त अभियानले निभिया, फुडमाण्डु र दराजद्वारा सञ्चालित अभियानले महिलाहरुले रोजगारीका अवसर पाउने र महिला उद्यमीहरुलाई अघि बढ्न मद्दत पुग्ने निभिया इण्डियाका एसोसिएट डारेक्टर सुधांशु कृष्णाको भनाइ छ।

उनले भनेकी छिन्, ‘यो पहलबाट हामी देशभरका महिलाहरुको लागि रोजगारीका यात्राहरु अगाडि बढाउने अवसरको जुटाएका छौ। यसले चारजना सशक्त महिलाहरुका सफलताका कथा सुनाउँदै महिला उद्यमीहरुलाई अझ हौसला र प्रोत्साहन गर्ने लक्ष्य राखेका छौँ।’

यस्तै फुडमाण्डुकी मार्केटिङ म्‍यानेजर दिक्षा महतले भनेकी छिन्, ‘ निभिया जस्तो ब्राण्डसँगको सहकार्यले महिलाहरुको अद्वितीय उपलब्धीहरुलाई सहयोग हुनेछ भने निभियाको प्रडक्टमा २० प्रतिशत छुटको व्‍यवस्था दराजडटकमबाट गरेका छौँ।’

 

फाल्गुन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्