बार्सिलोनाको अध्यक्षमा लापोर्ता निर्वाचित

स्पेनिस क्लब बार्सिलोनाको अध्यक्षमा योआन लापोर्ता निर्वाचित भएका छन्।

लियोनल मेस्सीलाई क्लबमै राख्ने वाचासहित क्लबको अध्यक्षमा उम्मेदवारी दिएका लापोर्ता ५४ प्रतिशत मतसहित निर्वाचित भएका हुन् । ५८ वर्षका लापोर्ताले जोसेप मारिया बार्तोमेउको स्थान लिने छन् ।

बार्तोमेउले गएको अक्टोबरमा अध्यक्षबाट राजीनामा दिएको घोषणा गरेका थिए । भिक्टर फोन्टले ३० प्रतिशत मत पाए भने टोनी फ्रेइजा तेस्रो स्थानमा रहे ।

अहिले अध्यक्षमा निर्वाचित भएका लापोर्ता सन् २००३ देखि २०१० सम्म अध्यक्षका रुपमा काम गरिसकेका थिए।

फाल्गुन २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्