मुकेश अम्बानीको घर नजिकै गाडिमा विष्फोटक पदार्थ भेटियो

नयाँदिल्ली-भारतका उद्योगपति मुकेश अम्बानीको घर नजिकै विष्फोटक पदार्थ भेटिएको छ।

विष्फोटक पदार्थ गाडीमा लोड गरेर राखिएकोले प्रहरीले अनुसन्धान गर्ने जनाएको छ।

यस्तै समाचार एजेन्सी पीटीआइका अनुसार गृहमन्त्रालयको आदेशपछि उक्त विस्फोटकलाई भारतको नेशनल इन्भेष्टिगेशन एजेन्सी( एनआइए ) डिस्पोज गर्ने जिम्‍मा लिएको छ।

दक्षिण मुम्बइमा मुकेश अम्बानीको घर नजिकै २५ फेब्रुअरीमा पनि स्कार्पियो गाडिबाट बम बरामद गरिएको थियो जसमा २९ जिलेटिन राखिएको थियो।

यता, प्रहरीले भने १८ फेब्रुअरीमा एउटा गाडि चोरी भएको र सोही गाडिमा गाडिमालिक मनसुखको लाश फेला परेको थियो।

फाल्गुन २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्