देशभर ८९ जना कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८१० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ९२७ पुगेको छ।

देशभर हालसम्म ८७२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ४ हजार ३ सय ९९ पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ११ पुगेको छ।

गत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ५७ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४५, ललितपुरका ६ तथा भक्तपुरका ६ जनामा संक्रमण पुष्टि भएको छ।

 

फाल्गुन २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्