बदली र वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा?

काठमाडौँ – अधिकांश पहाडी क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् ।

अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। अपरान्ह पश्चात गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।

यस्तै राति पहाडी भू–भागहरुमा आंशिक बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना छ।

यसैबिच देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागहरुको एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

फाल्गुन २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्