‘पार्कर’ दिनेश सुनारले बनाए पाँचौ पटक विश्व कीर्तिमान

काठमाडौँ– अन्तर्राष्ट्रिय पार्कर खेलाडी दिनेश सुनार पाँचौ पटक विश्व रेकर्ड कायम गर्न सफल भएका छन्।

यसअघि ४ पटकसम्म विश्वकीर्तिमान राखेका सुनारले अहिले भने ‘द मस्ट स्ट्याण्डिङ फुल ट्वीस्ट ब्याक समरसल्ट इन ३० सेकेन्ड’का लागि रेकर्ड कायम गरेको देशसञ्चारलाई जानकारी दिए।

यसअघि ३० सेकेण्डमा आठ पटकको ब्याक समरसल्टको रेकर्ड कायम भएको थियो, तर उनले त्यसलाई तोड्दै ३० सेकेण्डमा १२ पटक स्ट्याण्डिङ फुल ट्वीष्टब्याक समरसल्ट हानेर नयाँ रकर्ड कायम गरेका हुन्।

अब गिनिज बुक अफ वर्ल्ड रेकर्डले प्रमाणपत्र दिएपछि सुनारले नयाँ रकर्ड गरिएको मान्यता पाउनेछन्। हाल हमेरिकामा रहेका उनी भन्छन्,‘पार्करलाई ओलम्पिक्ससम्म पुर्‍याउने लक्ष्य छ।’

फाल्गुन २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्