एसइई जेठ १३ देखि २४ सम्म

माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा यस वर्ष जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले एसईई परीक्षाको मिति निर्धारण गरेको हो। यसअघि एसइई परीक्षा हरेक वर्ष चैतमा हुने गरेको थियो।

बोर्डका अनुसार विद्यार्थी भौतिक रूपमा उपस्थित भएर नै परीक्षा हुनेछ। यसअघि परीक्षाभन्दा एक दिनअघि कोरोना भाइरसका कारण रद्द भएको एसइई परीक्षाको मूल्यांकन आन्तरिक पद्धतिबाट गरिएको थियो।

परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पनि जेठमा गर्ने तयारी गरेको पनि बोर्डका अधिकारीले जानकारी दिएका छन्।

फाल्गुन २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्