देशका मुख्‍य ६ शहरमा शाओमीको सर्भिस सेन्टर

काठमाडौँ-शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले मंगलबार देशको मुख्य ६ शहरमा सर्भिस सेन्टरको घोषणा गरेको छ।

मंगलबार शाओमीले सर्भिस सेन्टर धनगढीको लक्ष्मी कम्प्लेक्श, पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी र काठमाडौंमा अवस्थित रहने घोषणा गरेको हो।

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको कम्पनीले जनाएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौँ। शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ हो। र, हामी बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं। यो नवीनतम प्रयासहरुले हामीलाई देशभर अघि बढ्न मद्दत गर्दै नेपाली ग्राहकहरु र मी फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । धनगढीको यो नयाँ सर्भिस सेन्टरले ग्राहकहरुको जीवनलाई अझ सहज बनाउँदै शाओमीको सेवाहरुको अनुभव गर्नेे अवसर प्रदान गरेको छ । हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले हाम्रा नेपालभरका सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुद बनाउनेछ।’

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको कम्पनीको दावी छ।

सेवाको टर्नआराउन्ड समय र पर्याप्त पहुँचयोग्यतामा उल्लेखनिय गिरावटले नेपालमा मी फ्यानहरूप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

यो सर्भिस सेन्टर समुद्घाटन अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा वारेन्टी कार्ड भए नभएका सम्पूर्णका लागि एक हप्तासम्म निः शुल्क सर्भिसिंग प्रदान गर्नेछ।

फाल्गुन २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्