दुई महिनामा ६ वटा घर बदल्नु पर्दा…

कुुनै पनि व्यक्तिले २ महिनामा ६ ओटा घर बदल्नु पर्‍यो भने के अवस्था हुुन्छ? हामी कल्पना मात्र गर्न सक्छौँ । नयाँ घर खोज्नको सास्ती, आफ्ना सामानको प्याकिङ, सामान बोक्ने गाडीको बन्दोबस्त आदी कुराले कति हैरान पार्ने छ।

यस्तै समस्या भोग्नु परेको छ अष्ट्रेलियाका एक दम्पतिले । गतवर्ष दसैँमा टीका लगाउन सिड्नी पुगेका दम्पति चार दिन पछि घर आउँदा घर बस्नै नसक्ने अवस्थामा पुगेछ । लण्ड्रीरुमको सिन्कको पाइप बाट पानी निस्केर सबै घरका कोठामा दह जमिसकेछ । भूँइतले घरका सबै कोठा पार्केटिङ गरिएको रहेछ। जसलेगर्दा सबै पार्केटिङ बदल्नुपर्ने अवस्थामा पुगेछ।

घरको बिमा गरेको हुनाले सबभन्दा पहिले बिमा कम्पनिलाई जानकारी गराएपछि उस्ले कुनै पनि होटल या घरमा गएर बस्ने सल्लाह दिएछ । रातीको अवस्था भएकाले कुनै होटल घरमा जान सक्ने अवस्था नभएकोले त्यो रात दु:ख सुख आफ्नै घरको एउटा कोठाको खाटमा सुतेर एक रात बिताए छन्। शायद घर छोड्दा पानीको मेन लाइन बन्द गरेको भए यस्तो अवस्था हुने थिएन। त्यस्तै गरेर घर छोड्दा बिजुलीको लाइन पनि अफ गर्न बिर्सनु हुँदैन।

त्यसपछि बिमाले जे जति लाग्ने हो सबै बेहोर्ने भएकाले तुरुन्त एउटा होटल बुक गरेर त्यहाँ सरेछन् । साथमा भएको छोरालाई होटलको कोठा भन्दा अरु खेल्ने ठाउँ नभएपछि उनीहरुले नजिकै एउटा एयर बि एण्ड बि (Air mattress bed and breakfast) घर बुक गरि बस्न गए छन्।

अहिले एयर बि एण्ड बि का घरहरु निकै चलनमा आएका छन्। विकसित देशदेखि नेपाल जस्ता देशमा पनि एयर बि एण्ड बि मा बस्ने चलन निकै बढेका छन्। राम्रा स्तरिय सफा घरहरु जहाँ होटलको जस्तै स्तररिय हुने र खाना आफै बनाएर खान मिल्ने गरि सबै भाँडावर्तनहरु राखिएका हुुन्छन्। यस्ता घरहरु डेरा भन्दामहँगा तर होटलभन्दा सस्ता हुन्छन्।

आजभाेलि परिवारसहित घुम्न आउने पर्यटकहरुले अलिक लामो समयसम्म एकैठाउँमा बस्नु पर्दा यस्ता घरहरु लिने गर्छन् । हाम्रा कतिपय तिर्थयात्रीहरु परिवारसहित भारतमा जाँदा यस्ता घरहरु अग्रिम बुकिङ गरि लिने गरेका पाइन्छन् । क्विन्सल्याण्ड राज्यको तुुम्बामा रहने ती दम्पतिले पनि दोश्रो घर यसरि नै एयर बि एण्ड बि लिएछन् ।

अहिले एयर बी एण्ड बीका घरहरु निकै चलनमा आएका छन्। विकसित देशदेखि नेपालजस्ता देशमा पनि एयर बी एण्ड बीमा बस्ने चलन निकै बढेका छन्। राम्रा स्तरीय सफा घरहरु जहाँ होटलको जस्तै स्तरीय हुने र खाना आफैँ बनाएर खान मिल्ने गरी सबै भाँडावर्तनहरु राखिएका हुन्छन्। यस्ता घरहरु डेरा भन्दामहँगा तर होटलभन्दा सस्ता हुन्छन्।

होटलको कोठाबाट बाहिर घुम्ने ठाउँ नभएकाले उनीहरुले अर्को एउट घरमा सरेछन् । तर त्यो घर ४/५ दिन पछि अर्को समूहले बुक गरिसकेको रहेछ । त्यसपछि अर्को घर अलिक लामो अवधि सम्मको लागि एउट पुरानो टोलमा थियो । तुम्बामा रहेको प्रख्यात पार्क क्विन्स पार्क नजिकै रहेको डनमोर स्ट्रिटमा रहेको उक्तघरमा निकै ठूलो कम्पाउण्ड थियो। आफन्तहरु त्यो घरमा सरिसकेपछि म पनि उक्त घरमा पुगेको थिएँ।

किनकि उनीहरु मेरा आफन्त थिए । त्यो घर पुरानो काठले बनाएको हाम्रा झापातिरका जस्तो थिए । त्यस टोलका घरहरु प्राय सबै काठले बनाइएका पुराना टाइपका भएपनि राम्रो कम्पाउण्डसहितका थिए । घरहरु टायलले छाए पनि घर भित्रको डेकोरेसन आधुनिक र भव्य थिए।

किचन डाइनिङ हलसँगैको बिसाल लिभिङ रुम यस्को प्रमुख आकर्षण थियो । कोठाका झ्यालहरुमा जालि नहुँदा राति खोल्न नमिल्ने भएकाले एसि या पंखा चलाउनु पथ्र्यो । यस घरमा १४ दिन बसेपछि यो घर पनि छोड्न बाध्य भइयो । किनकि त्यसपछि यो घर पनि अरु बाट नै बुकिङ भइसकेको रहेछ । त्यसपछि अर्को घरमा सरियो ।

एबं रितले घरहरु सर्दै आफ्नो घर ठेकेदारले बनाइसक्ता ६ ओटा घरहरु बदल्नु परेको थियो । सबै घरहरु एयर बि एण्ड बि का थिए । घरहरु सबै आधुनिक र गुणस्तरिय थिए । घर कम्पाउण्डमा फूल, फलहरु सबैतिर लगाएर हरियाली बनाइएका पाइए । घरका कुनै कुरा बिग्रियो या बदल्नु पर्‍यो भने फोन गरेपछि एजेण्टले मानिस पठाएर बनाउने रहेछ ।

पूरा समय सम्म एउटै घरमा बस्न नपाउनु कारण भनि समयको अभावले पहिले नै बुक गर्न नसक्ता धेरै घरहरु बदल्न बाध्य हुनुपरेको थियो ।साथै घर पूरा तयार हुन लाग्ने समय निश्चित नभएर पनि लामो समयसम्म एउटै घर लिन सकिएको थिएन । यस्ता घरहरु लिँदा र छोड्दा घरधनी या एजेण्ट कोही पनि नआउँदा रहेछन् । किनकि सबै घरहरु अनलाइन बुक गर्ने अनि चाबी लिन र छोड्नको लागि घरको मुल ढोका बाहिरको एक छेउमा सानो कि–बक्स बनाएको हुँदाे रहेछ। जस्को पासवर्ड नम्बर उक्त घर लिने व्यक्तिलाई इमेलमा पठाइन्छ।

बिमा गरिएका घरहरुको सम्पूर्ण जिम्मा कम्पनीको हुने भएकाले घरका सबै सामान पहिला जुनस्तरका थिए त्यहि अनुसार खरिद गरेर लगाउने रहेछ । बिमा कम्पनीले पानीमा परेका पलङ, सोफासेट, टेबल र कुनै पनि सामानको बदली गर्न कुनै झन्झट नमानि गरिदियो । सोफा, टेबल तथा कुर्सिहरुका खुट्टा मात्र भिजे पनि पूरा बदली गरेको थियो । टायल लगायत धेरै कुरा बदली गरेर रङ लगाइसकेपछि घर नै नयाँ जस्तो भयो।

केही समय दुखः भए पनि घर तयार भएर सर्दा भने नयाँ घरमा सरेको भान भयो । शायद नेपालमा भएदेखि कति किसिमका झन्झट बेहोर्नु पर्ने थियाे हाेला । हाम्रो कुनै सामान बदल्नु पर्‍यो भने ६०/७० प्रतिशत मात्र बिमाले भुक्तान गर्ने गर्छन्। यदि आफूले तिरेको बिमा रकम होस् या कर होस् आफूलाई परेको बेला त्यसको सही सदुपयोग हुुन सके मात्र जनतालाई यसता रकम तिर्न सहज लाग्छ। कमसेकम मैले तिरेको रकमले मलाई परेको बेलामा सही काम लाग्छ भन्ने विश्वास हुनुपर्‍याे।

चाबहिल सरस्वतीनगर काठमाण्डौ
हाल– अष्ट्रेलिया

फाल्गुन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्