सालह र मानेको गोलमा लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

घरेलु मैदानमा लगातार हारको शृङ्खला तोड्न सफल भएको लिभरपुलले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

बुधबार राति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आरबी लेइप्जिगलाई २–० ले पराजित गर्दै समग्रमा ४–० को जितसहित लिभरपुलले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

अवे मैदानमा भएको पहिलो लेगमा पनि लिभरपुल २–० ले विजयी भएको जियो।

बुधबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा लिभरपुलका लागि ७० औँ मिनेटमा मोहम्मद सालह र ७४ औँ मिनेटमा साडिओ मानेले गोल गरे ।

लिभरपुल यसअघिका लगातार ६ खेलमा घरेलु मैदानमा पराजित भएको थियो।

फाल्गुन २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्