महाशिवरात्रि र ‘शिवपुरी बाबा’

‘शिवपुरी बाबा’ भन्‍ने बित्तिकै एक आध्यात्मिक चिन्तकको चित्र मानसपटलमा आउने गर्छ जो प्राचीन तीर्थयात्री पनि थिए। सन् १८७५ देखि सन् १९१५ सम्म ४० वर्ष उनले पृथ्वीको परिक्रमा गरे, पैदलै।

भू-मध्‍य रेखाको चारैतिरको २५ हजार माइलभन्दा बढी भ्रमण गरिसकेका शिवपुरी बाबा सय वर्षको उमेरमा नेपाल पसेका थिए।

काठमाडौं उत्तरको शिवपुरी जंगलमा उनी आफ्नो आश्रम बनाएर बसे। धेरै वर्ष शिवपुरी डाँडामा तपस्या गरेर बसेपछि उनलाई भक्तजनले ‘शिवपुरी बाबा’ भनेर सम्बोधन गर्न थाले।

सय वर्षका भए पनि शिवपुरी बाबाको अनुहारमा चमक, बोलीमा धैर्यता र प्रेम झल्किन्थ्यो। त्‍उनले आफ्नो शिक्षामा मानव शरीर, मन र आत्मालाई जोड्ने गर्थे। भारतका केरलामा जन्मेका गोविन्दानन्द भारती कालान्तरमा ‘शिवपुरी बाबा’को नामले प्रख्‍यात भए।

यसअघि शिवपुरी बाबा बनारसमा पुगेर पण्डित मदनमोहन मालबियसँग केही दिन बसेका थिए। बनारस विश्‍वविद्यालय स्थापना गर्न पण्डितजीले जम्मा गर्न लागेका कोषमा बाबाले पचास हजार रुपैयाँ चन्दा स्वरुप दिए। उनलाई विश्‍वविद्यालयको कुलपतिको पद प्रदान गरिए पनि आफू सन्यासी भएको भन्‍दै उक्त पद शिवपुरी बाबाले अस्वीकार गरेका थिए।

तीर्थयात्राको अन्तिम कर्तव्‍य बाँकी थियो- त्यो हो सन्यासीको रुपमा आफ्नो घरआँगनमा पुग्‍ने। उनी आफ्नो घर केरला पुग्दा ७० वर्ष भ्रमणमै बितिसकेको थियो। त्‍यहाँ त्यस्तो परिवर्तन भइसकेको थियो कि उनले आफ्नो घरआँगन समेत पत्ता लगाउन सकेनन्।

सन्यास लिनुभन्दा अघि पैतृक सम्पत्तिको अधिकार उनले आफ्नी जुम्ल्याहा बहिनीको नाममा इच्छापत्र गरेका थिए। आफ्नो घर वा बहिनीको घरको नामोनिसान बाँकी थिएन। उनको परिवार उनीसँगै समाप्त हुन्छ भन्‍ने हजुरबुबाको भविष्यवाणी पूरा भयो। हजुरबुवाले सुरक्षित राखेका धन अझ केही बाँकी थिए। नर्मदा जंगलमा पसी त्यो बाँकी धन पनि जमिनमा गाडेर उनले विसर्जन गरे।

आखिरमा आफ्ना सम्पूर्ण कर्तव्‍यहरु सकिए। उनले नेपालको जंगलमा गएर बस्न‍े निधो गरे। यसपालि मनुष्‍य सम्पर्कबाट हटेर होइन, कायम गरेर बस्‍ने पक्का गरे। तर एउटा अनपेक्षित बाधा आइपर्‍यो।

त्यो हो, भारतबाट शिवरात्रि पर्वमा नेपाल पसेका तीर्थयात्रीहरुलाई एक सप्ताहभन्दा बढी नेपालमा बस्न नदिने। प्रत्‍येक मार्च महिनामा हुने शिवरात्रिमा आउने तीर्थयात्रीहरुमा भारतका पहाडका घाँटीबाट धेरै साधुहरु र केही धार्मिक गृहस्थहरु हुन्थे।

जब उनलाई भारत फर्कने बेला आइपुग्‍यो भनेर सूचित गरियो, बाबाले जान मन्जुर गरे। तर पुलिस अड्डामा जाँदाजाँदै, जुन घोडागाडी त्यही बाटोबाट गइरहेको थियो। त्‍यसको झ्यालबाट एउटा अंग्रेज भलाद्‍मीले बोलायो, ‘तपाई गोविन्द होइन र ?’ त्यो त्यही विल्किन्सन थियो जो २० वर्षअघि बेलायतमा भेटेको स्कूलमा पढ्ने ठिटो थियो।

शिवपुरी बाबालाई चिन्‍न गाह्रो भएन। किनभने सय वर्षको उमेरमा पनि उनको ढाड सोझो नै थियो, त्यही कालो केश र त्‍यही आश्चर्यजनक आँखा थिएँ। जुन पचास वर्षअघि भगवद्साक्षात्कार गर्दा पनि त्यस्तै थिए।

त्यसबेला विल्किन्सन नेपालको आवासीय राजदूत भइसकेका थिए र त्यस बेलाका शासकसँग उनको घनिष्ठ दोस्ती पनि थियो। आफ्नो मित्रका लागि उनले विशेष छुट प्राप्त गरे। अब गोविन्दानन्दले नेपालको राजधानी काठमाडौँबाट अलिपर शिवपुरी डाडाँमा बसोबास गर्न पाए।

गोविन्दानन्द भारतीको नाम अब छुट्न गयो। जसरी उनले ८० वर्षअघि आफ्नो पारिवारिक तथा ब्राह्मणकुलको नामलाई छाडेका थिए, शिवपुरी जंगलमा बस्‍ने वृद्ध सन्त भएकाले नेपालीहरुका लागि उनी अब शिवपुरी बाबा भए। यसै नामले अब शेष ३८ वर्षसम्‍मको जीवनमा उनी परिचित थिए।

भ्रमणका क्रममा उनी बेलायत पुग्दा महारानी भिक्टोरियाको राज्यकाल थियो। उनि बेलायतमा चार वर्षसम्म रहँदा महारानी भिक्टोरियासँग अठार पटकसम्म भेट भएको रहेछ। बाबाको कोलकातामा स्वामी श्रीरामकृष्ण तथा बरोदामा स्वामी श्री अरविन्द, पेरिसमा म्याडम क्युरी तथा इटालीमा मार्कोनी आदिसँग भेट भएको थियो। जानकारहरु विख्यात वैज्ञानिक आइन्सटाइनलेपनि बाबासँग भेट गरेको बताउँछन्।

प्रत्‍येक मार्च महिनामा हुने शिवरात्रिमा आउने तीर्थयात्रीहरुमा भारतका पहाडका घाँटीबाट धेरै साधुहरु र केही धार्मिक गृहस्थहरु हुन्थे। जब उनलाई भारत फर्कने बेला आइपुग्‍यो भनेर सूचित गरियो, बाबाले जान मन्जुर गरे। तर पुलिस अड्डामा जाँदाजाँदै, जुन घोडागाडी त्यही बाटोबाट गइरहेको थियो। त्‍यसको झ्यालबाट एउटा अंग्रेज भलाद्‍मीले बोलायो, ‘तपाई गोविन्द होइन र ?’

बाबा सबै धर्म मान्नेहरूका लागि समान थिए । उनी इस्लाम धर्म मान्नेहरूसँग कुरा गर्दा कुरानकै बारेमा र हिन्दूधर्म मान्नेहरूसँग कुरा गर्दा हिन्दू धर्मशास्त्रकै प्रसङ्ग, क्रिस्चियन धर्मावलम्बीहरूसँग बाइबलकै दृष्टान्त र बुद्धधर्म मान्नेहरूसँग प्रज्ञा, शील, समाधि आदिकै बारेमा व्याख्या गर्दथे । यसले गर्दा विभिन्न मतअनुसारका अनुयायीका जिज्ञासाको सजिलैसँग समाधान हुन्थ्यो।

बाबाले कसैलाई पनि मन्त्र दिक्षा दिएनन्। बाबाको शिक्षालाई स्वधर्म भनिन्छ। बाबाले स्वधर्मलाई (शारीरीक, मानसिक र अध्याध्मिक) तीन किसिमको अनुसाशन पालना गर्नुपर्छ भनेर शिक्षा दिन्थे। ‘स्वधर्ममा मानिसलाई आफ्नो शरीर रक्षाका लागि अपनाउनुपर्ने लगायत परमात्मा चिन्तनका विविध बिषय समाविष्ट छ, जसअनुसार मानिसले सबभन्दा पहिले आफ्नो शरीर ठिक गर्नुपर्छ।

जीवन व्यवहार चलाउनको लागि कुनै पेसा गर्नुपर्छ । अनि यति गरेर बाकी रहेको समय परमात्माको भजन कीर्तन (धारणा, ध्यान, समाधि) आदिको अभ्यास गर्दै परमात्माको चिन्तन बढाउदै जानुपर्दछ, यसरी परमात्माको चिन्तन बढ्दै गएपछि समाधि बस्न सकिन्छ।

एकदुई प्रहरको अखण्ड समाधिमा रहेपछि र परमेश्वरको परमकृपा भएपछि उनको दर्शन मिल्छ। जब तपाई मौन ध्यानमा रहेर परमात्मा चिन्तनमा नै रमाइरहनुहुन्छ तब परमात्माको जाज्वल्यमान ज्योति तपाईको अगाडि प्रकट हुन्छ जुन तपाई स्वयंले अनुभूति गर्नुहुन्छ तर त्यसलाई शब्दमा भने वर्णन गर्न सक्नुहुन्न ।’ उनले दिएको स्वधर्मलाई आफ्ना अनुयायीहरुले पालना गरिरहेका छन् ।

बाबालाई भेट्न राजा, मन्त्रीहरु पनि पुग्थे। कुनै महात्मा गधा चढेर आउथे, केहि नबोली आउँथे, कोही हात माथि राखेर ठाडै पारेर आउथे । माधव बाजेका अनुसार एक जवान पुरुष शिवपुरीमा आउँथे। आएपछि सत्संग बेदना आदि बाबालाई पोखे। बाबासँग ६-७ दिन संगत गरेपछि माधव बाजेलाई मैले पाएको कुराको अभ्यास र तपस्या गर्न हिमालय बद्रिनारायण बद्रिनाथतिर जान्छु र हरिद्वार पुगेपछि एउटा चिठ्ठी पठाउँछु भनेर निस्किए।

त्यो चिठ्ठीको बिषय बाबालाई सुनाइदिनु भने ।अन्तिममा ती जवान युवकले भने हेर माधव तिमिले मलाई जवान देखेका छौ तर मेरो उमेर ७०० बर्ष भइसकेको छ । तर यो आध्यात्मिक क्षेत्रमा परमात्माको दर्शन नगरी उमेर मात्र बढी भएर काम छैन । त्यसैले तिमी भाग्यमानी रहेछौ यस्तो महान पुरुषको सेवा गरिरहेकाछौं भन्दै आशिर्वाद दिए। भोलिपल्ट बाबाले ती युवालाई तलसम्म पुर्‍याएर आउ भनी आदेश दिए । दुवै आश्रमबाट निस्किए र बीच बाटोमा आएपछि ती युवक कता अलप भए माधव बाजेले थाहा पाएनन् । त्यसको एक महिनापछि हरिद्वारबाट चिठ्ठी पनि आयो।

तत्कालीन राजा महेन्द्रको राज्याभिषेक समारोहमा भाग लिन भारतका उप-राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन् श्रीबाबाको दर्शनका लागि आश्रम पुगेका थिए। आफ्नो बसाइका लागि तयार गरेको राजकीय अतिथि गृह नगइ सीधा बाबाको कुटीमा पुगेका उनले करिब आधा घण्टा बिताएका थिए।

बाबासँग उनले “बाबा, हजुरको शिक्षा के हो ?” भन्ने प्रश्न गर्दा उहाँले “म शारीरिक, नैतिक तथा आध्यात्मिक गरी तीन अनुशासनका भारमा बताउछु भनी जवाफ दिएका थिए ।

३७ बर्ष उपत्यकामा बिताएका बाबाले किराँतेश्वर, गोकर्णेश्वर, शिवपुरी डाँडा हुँदै करिब ११ बर्ष आफ्नो अन्तिम समय पशुपतिस्थित श्री प्रभु शिवपुरी बाबा आश्रम समाधिस्थलमा बिताए । शिवपुरी बाबा भन्थे, ‘नेपाल तपोभूमि  हो। त्‍यकारण कालान्तरसम्‍म यहाँ तपस्वीहरू तपस्याका लागि आउछन्। यहाँका वनमा तपस्वीहरू अदृश्य रूपले तपस्यामा तल्लीन भइरहेका छन्।’

बाबा ऋतु अनुसार करिब ५ बजे उठ्थे । आफू शौचबाट निवृत भएर गाईको दूधको चिया खान्थे। शरीरको आवश्यकता अनुसार खाना लिन्थे। सिजनको तरकारी आलु साग आदि खान्थे।

विहान शीरमा घाम नपर्ने गरि शरिरमा घाम पारेर मेचमा बस्थे। उक्त मेच अहिले पनि समाधि स्थलमा राखिएको छ। बेलुकाको  ४ बजेतिर गाइको दूधको सेवन गरेपछि कुटीभित्र बस्थे । परमात्माका बिषयमा कुरा गर्न आएकासँग मात्र कुरा गर्थे।

उनी सधैँ भन्‍ने गर्दथे, ‘मानिसको पहिलो कर्तव्‍य भनेको जीवनमा अनुशासन। अनुशासनबिना ध्‍यान सम्भव छैन। यो शरीर छ। यसको लागि नभइ नहुने सामानहरुको ज्ञान हुनु पर्‍यो । तपाइलाई सुत्न, उठ्न  श्‍वास लिन लगायत हजारौ कामहरु छन् शरीरले गर्नु पर्ने । यस्ता  कामहरुलाई नियन्त्रित र आज्ञाकारी समेत बनाउनुपर्दछ।’

उनी जहाँ जहाँ भ्रमणमा जान्‍थे मानिसहरुलाई स्वधर्म अर्थात आफूले गर्नुपर्ने कर्तव्‍यहरु सिकाउँदै जान्थे। यही नै शिवपुरी बाबाको स्वधर्म थियो। कसैले मन्त्र मागे उनी जीवनमा आफूले गर्नु पर्ने कामको बारेमा सुझाउने र भन्थे, ‘ कति खाने, कितबेर सुत्‍ने, के हेर्ने, के सुन्‍ने आदि सबै कुराहरु नियन्त्रित र अनुसासित बनाउन पर्दछ। मानिसको यही पहिलो कर्तव्‍य हो, यही मानव मन्त्र हो।’

वि.सं. २०१९ माघ १५ गते सोमबार (इस्‍वी सम्वत १९६३ जनवरी २८) मा बाबाको स्वर्गारोहण भयो।

फाल्गुन २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्