नेपाली भूमि लाप्चाबाट देखिएको मानसरोवर कैलाश। तस्बिर : राजन रावत/देश सञ्चार (फाइल तस्बिर)

हुम्ला – भारतीय धार्मिक पर्यटकको टोली नेपाली भूमि लाप्चाबाट प्रसिद्ध धार्मिक स्थल मानसरोवर कैलाशको दूरदर्शन गरेको छ ।

नेपाली भूमिबाट पनि दर्शन गर्न सकिनेले भएको कारण महाशिवरात्रीको अवसर भारतीय धार्मिक पर्यटकहरुको टोली लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरेको हो ।

सात सदस्यीय भारतीय धार्मिक पर्यटकको टोलीले हेलिकोप्टरबाट लाप्चा पुगेर मानसरोवर कैलाशको दूरदर्शन गरेको पर्यटकन व्यवसायी विजय लामाले बताए ।

पाँच हजार मिटर अग्लो स्थान लाप्चामा हिमपात भएको कारण पहिलो फ्लाईट अवतरण  नगरि सिमकोट फर्केको थियो । पछि पुन प्रयास गर्दा टोलीले मानसरोवर केलाशको दर्शन गर्न सफल भएको उनले बताए । भारतको मुम्मईबाट काठमाडौँ हुँदै सिमकोटमा सीता एय र सिमकोटबाट नाम्खा गाउँपालिका– ६ लिमीको लाप्चामा हेलिकप्टर मार्फत टोलीले यात्रा गरेर मानसरोवर कैलाशको दर्शन गरेको हो ।

लाप्चाबाट मानसरोवर कैलाशको दर्शन स्पष्ट र रमाईलोका साथ गर्न पाएपछि पर्यटकहरु खुशी भएको उनले बताए ।

यसअघि आन्तरिक पर्यटकहरुले मात्र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गदैँ आएकोमा अब बाह्य पर्यटकहरु पनि दर्शन सुरु भएको छ । तीन वर्षसम्म लगातार तीस हजार भारतीय पर्यटकहरुले हिल्साबाट चिनियाँ भूभाग हुँदै मानसरोवर कैलाशको दर्शन गर्दै आएकोमा कोरोना कहरले गर्दा गत वर्ष उक्त यात्रा हुन सकेन ।

यसबिचमा नेपाली पर्यटन व्यवसायीहरुले लाप्चाबाट पर्यटकहरु लैजाने प्रयास भने गरेका थिए । गत कात्तिक महिनामा तीन सदस्यीय भारतीय पर्यटकहरुको टोलीले पनि लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरेको थियो । अहिलेको यो दोस्रो टोली हो ।

यसको प्रर्बद्धन गर्नका लागि हाल लिमी लाप्चा सडक कच्ची रुपमा सञ्चालनमा आई सकेका कारण नाम्खा र सिमकोट गाउँपालिकाले त्यसको स्तरोन्निनि गर्न आवश्यक रहेको अर्का पर्यटन व्यवसायी बिष्णु रावतले बताए ।

फाल्गुन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्