आर्सनलसँग टोटनह्याम स्तब्ध

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । उसले टोटनह्यामलाई २–१ ले पराजित गरेको हो ।
सुरुवाति अग्रता लिए पनि टोटनह्यामले त्यसलाई जोगाउन सकेन । ३३ औँ मिनेटमा गोल गरेर टोटनह्यामलाई अग्रता दिलाएका लामेला ७६ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए ।
आर्सनलका लागि मार्टिन ओडेगार्डले ४४ र लाकाजेटीले ६४ औँ मिनेटमा गोल गरि जित दिलाएका हुन् ।
जित निकालेको आर्सनल २८ खेलबाट ४१ अंकसहित १० औँ स्थानमा छ । सातौँ सथानको टोटनह्यामको २८ खेलबाट ४५ अंक छ ।
आइतबार राति नै भएको खेलमा लेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई ५–० ले पराजित गरेको छ । तेस्रो स्थानको लेस्टर सिटीको २९ खेलबाट ५६ अंक छ । अर्को खेलमा ब्राइटनले साउथह्याम्पटनलाई २–१ ले पराजित गरेको हो ।