२३५ जना उद्योगी व्यवसायी एमाले प्रवेश

काठमाडौँ– ठूलो संख्यामा उद्योगी व्यवसायी सामूहिक रुपमा एमाले प्रवेश गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा २ सय ३५ जना उद्योगी व्यवसायी एमाले प्रवेश गर्न लागेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए।

उद्योगी व्यवसायीसँग प्रधानमन्त्रीको छलफल भन्दै आयोजना गरिएको कार्यक्रममा व्यवसायी एमाले छिर्न लागेका हुन्। पार्टी प्रवेश कार्यक्रम अहिले चलिरहेको छ।

चैत ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्