प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए शपथ

प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए शपथ
+
-

विराटनगर – प्रदेश १ सरकारको मन्त्री तथा राज्य मन्त्रीमा नियुक्त भएकाहरुले शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री राइले दुई राज्यमन्त्रीको मन्त्रीमा बढोत्तरी, दुई जना नयाँ मन्त्री र दुई राज्यमन्त्री थपेका हुन्।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ ग्रहण गराएका थिए। प्रदेश प्रमुखको निजी सचिवालय सदस्य खेमराज अधिकारीका अनुसार अम्बिरबाबु गुरुङ, राम रानामगर, उषाकला राई र टंक आङबुहाङले मन्त्री पदको शपथ ग्रहण गरेका छन्।

अम्बिरबाबु गुरुङले भौतिक पूर्वाधारमन्त्रीको जिम्मेबारी पाएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका राम रानामगरले सोही मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यसैगरि, मन्त्रालयको नयाँ अनुहारमा एमालेकी उषाकला राईले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी छिन्। उनी खोटाङकी हुन्।

माओवादी त्यागेर एमालेका आएका ताप्लेजुङका टङ्क आङबुहाङले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्।

उनी नेकपा हुँदा सरकारमा संसदीय दलका उपनेता थिए। सो समय दलभित्र विवाद हसँदा उनले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए।

तर पछिल्लोसमय उनले मुख्यमन्त्री राईलाई समर्थन गर्दै माओवादीबाट बाहिरिएका हुन्।

त्यसैगरि, मुख्यमन्त्री राईले विस्तार गरेको मन्त्रीमण्डलमा राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। उनी मोरङका हुन्। त्यसैगरि, उदयपुरकी कला घलेले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छिन्।

मन्त्रीमण्डलमा ६ जनाको नियुक्तीसँगै प्रदेश सरकारमा ९ सदस्यीय मन्त्रीमण्डल बनेको छ।

मुख्यमन्त्री शेरधन राईसहित आन्तरिक मामिला तथा योजना मन्त्री हिक्मत कार्की, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैत रहेका छन्।

नेकपा सरकारको विवादका क्रममा गत पौष ११ गते इन्द्र आङबोलाई आर्थिक मन्त्रालयबाट पदच्युत गरेसंगै १२ गते सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्रीद्धय जसमाया गजमेर र विजय विश्वासले राजीनामा दिएका थिए।

मुख्यमन्त्री राईले सरकार स्थापना भएयता दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका हुन्। मुख्यमन्त्री राईले २०७६ साल माघ ६ गते ४ जना राज्यमन्त्री नियुक्त गरेका थिए। जसमा अम्बिर बाबु गुरुङ, राम रानामगर, जसमाया गजमेर र विजय विश्वास रहेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष