काठमाडौँ – काठमाडौँको चोभार वन क्षेत्रमा लागेको डढेलो दमकलको सहायतामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

विशेषगरि सल्लाका रुख रहेको चोभार डाँडाको वन क्षेत्रमा शनिबार बेलुका लागेको डढेलो सुरक्षाकर्मीले राति अबेर नियन्त्रणमा लिएका हुन् ।

देशका विभिन्न क्षेत्रका वनमा डढेलोको समस्या उच्च भइरहेका बेला काठमाडौँ उपत्यका भित्रैका वन क्षेत्र पनि सुरक्षित देखिएका छैनन् ।

डढेलोका कारण निस्किएको धुँवा वायुमा मिसिँदा प्रदूषणको तह उच्च पुगेको छ । यसले जनजीवन प्रभावित हुनुका साथै हवाई सेवा समेत रोकिएको थियो ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले शनिबार राति चोभारको वन क्षेत्रमा अग्नि नियन्त्रकले डढेलो निभाउँदै गर्दाको केही तस्बिर खिचेका छन् ।