काठमाडौँ – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात होली पर्व आइतबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

सरकारले भीडभाड गरेर होली मनाउन रोक लगाए पनि काठमाडौँको वसन्तपुरमा युवाहरु भेला भएर होली मनाइरहेका छन्।

केही तस्बिरहरु: