नबिल स्किल हिरो घोषणा

काठमाडौँ–‘स्किल वीक २०२१’ समापन समारोहमा चार विधामा नबिल स्किल हिरो घोषणा गरिएको छ।

‘सिपले सम्मान सिपको सम्मान’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रममा नबिल स्किल हिरोको घोषणा गरिएको हो। यो ‘स्किल वीक २०२१’ को दोस्रो संस्करण हो।

उक्त कार्यक्रम एक हप्ता चलेको थियो। जसमा विभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरञ्जनलाई मध्य नजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दाे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रविधि देखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यसहित स्किल वीक संचालन गरिएको थियो।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो । जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, विज्ञान तथा प्रविधि रहेका थिए । यसैबिच यीनै चार विधामा चार अत्यन्त प्रेरणादायक व्यक्तित्वहरुलाई नाबिल स्किल हीरो अवार्ड २०२१ उपाधिबाट सम्मानीत गरेको थियो ।

पर्यटन र आतिथ्यका लागि, हिमालयन जावाका सञ्चालक तथा एमडी गगन प्रधानलाई नाबिल स्किल हीरोको रूपमा सम्मानित गरिएको थियो। उनी एक प्रभावशाली व्यक्तित्व हुन जसले कफी उद्योगमा आफ्नो नाम कमाए र कफीको स्थापनामा अभिन्न भूमिका खेले ।

यस्तै नेपाली संगीतमा रहेको विविधताको अनुसन्धान, संरक्षण र उत्सवप्रति प्रतिबद्ध लोक वाद्य कुटुम्बलाई कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएकोमा सम्मानित गरियो । उद्दमशीलता वर्गमा नेपाल महिला उद्यमी संघ नेपालका संस्थापक अध्यक्ष शान्ति चड्ढालाई सम्मानित गरियो ।

चड्ढाले आफ्नो व्यक्तिगत प्रयास, व्यवसाय र विभिन्न संस्थासँगको सम्बन्धको माध्यमबाट सीप विकास र आर्थिक सशक्तिकरणको पहल गरेर हजारौं महिला र परिवारलाई प्रभाव पारेकी छिन्।

विज्ञान र टेक्नोलोजीका लागि, कारखानाका सह–संस्थापक र सीईओ पवित्र गौतमलाई २१ औं शताब्दीका लागि महत्वपूर्ण पाठ्यक्रमहरू सिर्जना गर्ने र प्रभावकारी शिक्षा सिर्जना गर्ने निर्माता आधारित शिक्षा प्रयोग गरेर वास्तविक जीवन र कक्षालाई विज्ञान र टेक्नोलोजी सगं जोड्न सक्ने मञ्च प्रदान गर्ने प्रयासको लागि सम्मानीत गरिएकाे छ।

चैत १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्