बेलको सहयोगमा जेम्सले गरे गोल, विश्वकप छनौटमा वेल्सको पहिलो जित

कतार विश्वकप २०२२ अन्तर्गत युरोपेली क्षेत्रको छनौट चरणको दोस्रो खेलमा वेल्स विजयी भएको छ ।

समूह ई मा रहेको वेल्सले मंगलबार राति भएको खेलमा चेक गणतन्त्रलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा वेल्सका लागि ८१ औँ मिनेटमा ग्यारेथ बेलको सहयोगमा डानिएल जेम्सले गोल गरेका हुन् ।

त्यसअघि दुवै टिमका एक एक खेलाडी रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । भ्रमण टोली चेक गणतन्त्रका प्याट्रिक शेक ४८ औँ मिनेटमा सीधै रातो कार्ड पाएर बाहिरिए ।

यस्तै वेल्सका रोबर्टस ७७ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन् ।

अन्तिम समयमा जेम्सले गरेको गोलबाट विजयी भएको वेल्स तीन अंक जोड्न सफल भएको छ । पहिलो खेलमा उ पराजित भएको थियो ।

चैत १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्