परीक्षा तयारीका लागि विद्यालय सञ्चालन (तस्बिरहरु)

तस्बिरहरु: सुलभ श्रेष्ठ

काठमाडौँ– वायु प्रदूषण बढेका कारण सरकारले मंगलबारदेखि आगामी शुक्रबारसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय यसअघि नै गरिसकेको छ।

गत शुक्रबार देखि देशभर वायु प्रदुषण बढेकाले विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चैत १७ गते देखि २० गते सम्म बिदा दिने निर्णय शिक्षा मन्त्रालयले गरेको थियो।

यता काठमाडौँको ताहाचलस्थित जनज्योति अंग्रेजी माध्यामिक विद्यालयले भने कक्षा सञ्चालन गरिरहेको छ।

एसईई परीक्षा दिने विद्यार्थीको पढाईमा बाधा नपरोस् भन्दै कक्षा सञ्चालन गरेको विद्यालयले जनाएको छ।

यसअघि विराटनगर महानगरपालिका र तनहुँको भिमाद नगरपालिकाले पनि वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालयहरु नियमित सञ्चालन गर्न निर्देशन दिएका थिए।

चैत १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्