विश्वकप छनौटः उत्तरी मेसेडोनियासँग जर्मनी स्तब्ध

कतार विश्वकप २०२२ को छनौट चरण अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनी स्तब्ध भएको छ ।

युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह जे मा रहेको जर्मनी उत्तरी मेसेडोनियासँग २–१ ले पराजित भएको हो ।

जर्मनीलाई उसकै मैदानमा हराउने क्रममा उत्तरी मेसेडोनियाका लागि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा पान्डेव र ८५ औँ मिनेटमा एल्मासले गोल गरे ।

घरेलु टोली जर्मनीका लागि ६३ औँ मिनेटमा पाएको पेनाल्टीमा इल्काइ गुण्डोगानले एक गोल फर्काए ।

पराजित भएको जर्मनी ३ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ । समान ६ अंकसहित उत्तरी मेसेडोनिया दोस्रो स्थानमा रहेको छ ।

बुधबार राति नै भएको खेलमा रोमानियालाई ३–२ ले पराजित गरेको अर्मेनिया ९ अंकसहित शीर्ष स्थानमा छ ।

बुधबार राति नै भएको खेलमा आइसल्याण्डले लिचेस्टाइनलाई ४–१ ले पराजित गरेको छ । विश्वकप छनौटमा तेस्रो खेलमा आइसल्याण्डको पहिलो जित हो ।

चैत १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्