सेती नदीमा डुबेर युवकको मृत्यु

डोटी – डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो एक युवकको मृत्यु भएको छ।

सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इन्जिनियर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दीपेन्द्रसिंह धामीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।

शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

चैत २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्